गर्दै जाँदा, जिन्दगीमा नचुकेको को छ र ?
एकान्तमा लुकी, आँसु नपुछेको को छ र ?
जती नै हाँसी हिँडे पनि खुशीयालिमा,
हृदय भित्र-भित्रै नदुखेको को छ र ?
मानिस हुन सबै संवेदनशील प्राँणी,
विशाल हृदय पनि नटुटेको को छ र ?
सारा विश्वनै जितेर महानता चुमे पनि,
स्वास्निको अघी नझुकेको को छ र ?
सफलताको सिँडी सबैले चड्दा सम्म,
कैशोर्यमै सपनाहरु नफुटेको को छ र ?
No comments:
Post a Comment