अनन्त यात्रा

गोधुँली भरि
शिरबन्दी फिँजाएर
क्षितिज पारी... पारी....  सम्म
बिरहको मनलहरी गुन्गुनाउँदै
बाटा भरि
रित्तो आँचल ओछ्याएर
निस्ताई रहेकी देखेर त म,
अन्धा-धुन्दा हाम फालेर
सम्मोहित ति
नजरमा नजर हालेको थिँए ।
मनका सबै तरङ्गहरु  चालेको थिँए ।
अनन्तको यात्रा थालेको थिँए ।

No comments:

Post a Comment

अधिक पढिएको