म मर्दा

उम्कदैको, स्मृतिको थैलिमा,
पोको पारी राखेको उबर- पाबर
वैंश पो लिएर जाऊँ कि....?
दिन-रात नभनी,
लाला-बालालाई,
आईप्याड (IPAD) र ल्याप्टपको(LAPTOP)
भरोसामा छोडी, आर्जेको
सारा खुशीहरु खरिद्ने
अचुक सम्पतिको पोको,
एटीएम(ATM) कार्ड पो लिएर जाऊँ.... !

धिरी भरिको पानी झै,
टिल्पिल-टिल्पिल  छचल्किने,
तिम्रा ति स्नेहिलो
उन्माद पो लिएर जाऊँ कि.....?
कलीला ति ओठहरुमा
सजिएको सङ्गित- सरगम झै,
'बाबा' शब्दको
झङ्ग्कार  सगै गाँसिएको
उनिहरुको मुस्कान लिएर जाऊँ.....!

शाखा-सन्तान, बन्धु- बान्धव
र ईष्ट-मित्रहरुको
तितो-मीठो माया  पो लिएर जाऊँ कि.....?
दुश्मन-वैरिहरु सङ्गको
रिस-राग र
प्रतिशोधका  ज्वालाहरु लिएर जाऊँ......!

धर्म-कर्मले भरिएको
एक झोला पत्थरहरुको
सङ्गालो लिएर जाऊँ कि......?
अनन्त-अनन्त सम्म गुन्जी रहने
तुरहिको भँगालो लिएर जाऊँ.....!

यती सुन्दर शरिर
उत्पतिलाई पछ्याउँदै,
धुलोमा मिल्ने निश्चित नै हो,
अलिकती ह्याण्ड ब्यागमा,
अलिकती  लग्गेजमा,
बाँकी खै केमा लिएर जाऊँ......?
अनी
खै के के पो लिएर जाऊँ......?

No comments:

Post a Comment

अधिक पढिएको