हाड र मासुलाई
छालाका रेशमि
वस्त्रले मोरिएको,
रातो रगतको नदिमा
'अक्सिजन'
जीवनको ईन्धन बोकेर
ऊर्जा भर्दै अङ्ग-अङ्ग भरि
सन्चार हुँदाको मान्छे म,
म मा
१००% शुध्दता पनि छैन,
१००% अशुध्दत्ता पनि छैन
किन कि म मान्छे हो ।
कल्पनाहरुले घुम्टो ओडेर
लुकि-छिपी गर्दै 'हलोइन्' मनाउँदा
बहकिदै, 'मुघेरिलाल' बन्नु स्वभाविक हो,
किन कि म मान्छे हो ।
परिवर्तन्शिल छ समय
विवेक त झन चुट्की भरमा ।
यहाँ
छेपाराले भन्दा छिटो
रङ बदल्न स्वभाविक भो,
किन कि म मान्छे हो ।
छालाका रेशमि
वस्त्रले मोरिएको,
रातो रगतको नदिमा
'अक्सिजन'
जीवनको ईन्धन बोकेर
ऊर्जा भर्दै अङ्ग-अङ्ग भरि
सन्चार हुँदाको मान्छे म,
म मा
१००% शुध्दता पनि छैन,
१००% अशुध्दत्ता पनि छैन
किन कि म मान्छे हो ।
कल्पनाहरुले घुम्टो ओडेर
लुकि-छिपी गर्दै 'हलोइन्' मनाउँदा
बहकिदै, 'मुघेरिलाल' बन्नु स्वभाविक हो,
किन कि म मान्छे हो ।
परिवर्तन्शिल छ समय
विवेक त झन चुट्की भरमा ।
यहाँ
छेपाराले भन्दा छिटो
रङ बदल्न स्वभाविक भो,
किन कि म मान्छे हो ।

No comments:
Post a Comment