धर्म ?

धर्म.......  ?
के धर्म ....... ?
तेही धर्म ओडेर त हो नि,
हिँजो तिमीले,
बलेसीमा पिरा ओछ्याएको,
धारो फेर्नु भनेको,
अनी तिमी आँउदा
भुँई तिर हेर्नु भनेको ।

देउता रे....... !
तेही पनि ढुङ्गाको,
तर,
छेउ नपर्नु रे...... !
धन्न रहेछ मेरो विबेक उबेला..... !

धर्म...
कृया न हो,
धारण गर्नु ।

अझै पनि म,
धर्म गरी रा'छु नि ।
बारीमा रात्तै फलेको खुर्सानी
सित्तैमा बाँडी रा'छु,
माईला बालाई हप्तै पिछे
अस्पताल लगि रा'छु
जन्तरीलाई दिनै पिछे
क्रोगर लगी रा'छु ।

के..... ?
मैले धर्म परिवर्तन गर्या भन्ठानेको ?
होईन......,
पटक्कै होईन ।
मैले त.....
मैले त.....
विस्वास परिवर्तन गर्या हो ।
आस्था परिवर्तन  गर्या हो ।
तिमीलाई,
जे भन्नु छ भन
मैले विस्वास परिवर्तन गर्या हो ।

No comments:

Post a Comment

अधिक पढिएको