रात,
मेरो निंद्रा
सापटी लगेर
गुम्लुङ्ग निदाएपछी ।
धुन,
सारङ्गीको तार सङ्गै
स्तब्ध, चुँडिएर
बुर्कुसी उफ्रिए पछी ।
शितल,
कोमल बनेर
काँडा उम्रने गरी
अङ्ग-प्रत्यङ्ग भरी
सर...र.... र छरिए पछी ।
उन्माद,
ठाडो सिँडी चडेर
योद्धा म सिरुपाते तरवार,
विश्व अटाउने सागर
झिलम तिमी झ... र..... र
पग्लियो वैंश निवश्त्र
सबै तरल..... तरल बनेर ।
बतास,
सुस्केरा सरी
सर्माउदै सुटुक्क निस्किदिन्छ
परेलिका डिलहरुबाट
उम्केका सपनाका शालिकहरु
युद्धबिरामको घोषणा फर्फराउदै ।
मेरो निंद्रा
सापटी लगेर
गुम्लुङ्ग निदाएपछी ।
धुन,
सारङ्गीको तार सङ्गै
स्तब्ध, चुँडिएर
बुर्कुसी उफ्रिए पछी ।
शितल,
कोमल बनेर
काँडा उम्रने गरी
अङ्ग-प्रत्यङ्ग भरी
सर...र.... र छरिए पछी ।
उन्माद,
ठाडो सिँडी चडेर
योद्धा म सिरुपाते तरवार,
विश्व अटाउने सागर
झिलम तिमी झ... र..... र
पग्लियो वैंश निवश्त्र
सबै तरल..... तरल बनेर ।
बतास,
सुस्केरा सरी
सर्माउदै सुटुक्क निस्किदिन्छ
परेलिका डिलहरुबाट
उम्केका सपनाका शालिकहरु
युद्धबिरामको घोषणा फर्फराउदै ।

No comments:
Post a Comment