अचम्मको कुरो,
चिराग छुद्रताको
चाहे जातिय होस या धार्मिक होस्
तिनिहरु
हिँजोपनि दौडिरहेथे,
आज पनि दौडिरहेछन्,
भोलिपनी दौडिरहनेछन् ।
दौड्दा-दौड्दै
थकित्, क्लान्त तिनिहरु
सामुहिक आत्माहत्यको
सघाँरमा पुगेकापनि
थपिदिएपछी कसैले
उर्जाका ब्याटरीहरु
फेरी दौडिरहनेछन्
उही पुरानै शैली बोकी ।
सडिएको यो समाज
जती नै आधुनिक्तामा डुबे पनि
मानिसहरु जतिनै शिक्षित भएपनि
यो एक्काईसौं शताब्दिको मध्यमा पनि
जब कसैले भरिदिन्छचिराग छुद्रताको
यो समाज फेरी बौरिन्छ
ताल्-बेतालका विभेदीय कुराहरु बोकीचाहे जातिय होस या धार्मिक होस्
विभेदका कुराहरु बोकी
यो समाज फेरी बौरी रहन्छ
अनि विभेदको दौडमा जलिरहन्छ ।

No comments:
Post a Comment