प्रेम सम्बाद

नसुर्ताऊ प्रिय,
मेरा कविताहरु,
सुनाखरी  भएर फुलेका दिन,
अक्षरहरुको थुँगा-थुँगा उनेर,
तिम्रा चौबन्दिको तुनाहरुमा
बिस्तारै सिउरी दिँउला,
र तृप्त म त्यसै भैजाउँला ।

न रिसाऊ प्रिय,
म मेरो कविता भएर,
अखबार भरी खुलेका दिन,
छन्द-छन्दमा नारिएर,
तिम्रो जीवनको पाना भरी
रस र अलङ्कार लेखिदिउँला,
र तृप्त म त्यसै भैजाउँला ।

नडराऊ प्रिय,
मेरा कविताहरु
हिम्चुलिबाट स्वछन्द बग्ने
झरना भै झरेका दिन,
अक्षरका छिटा-छिटाहरुमा
स्वतन्त्रता बोकी,
तिम्रै शरिर भरी छचल्किदिउँला,
र तृप्त म भैजाउँला ।

No comments:

Post a Comment

अधिक पढिएको