खै ?
काउकुती लागेको हो कि ?
भि....त्र कतै कट..क्क दुखेको हो ?
शरिरमा रहर हराए जस्तो,
ओठ सबै कलेटी परेर कस्तो ।
दया आफै मागिरहे जस्तो ।
निस्तेज् !
निस्तेज् !!
फुस्रा ति नजर तिखा,
एक टक अडिएका छन्,
साहुजीका चिल्ला, रसिला समोसामा ।
सारा जगत शुन्य छ उसलाई,
बस !
एउटै भयो उसलाई शोक,
सधैं पराजित भैरहयो ,
सायद यस्तै हुँदो रहेछ भोक ।
काउकुती लागेको हो कि ?
भि....त्र कतै कट..क्क दुखेको हो ?
शरिरमा रहर हराए जस्तो,
ओठ सबै कलेटी परेर कस्तो ।
दया आफै मागिरहे जस्तो ।
निस्तेज् !
निस्तेज् !!
फुस्रा ति नजर तिखा,
एक टक अडिएका छन्,
साहुजीका चिल्ला, रसिला समोसामा ।
सारा जगत शुन्य छ उसलाई,
बस !
एउटै भयो उसलाई शोक,
सधैं पराजित भैरहयो ,
सायद यस्तै हुँदो रहेछ भोक ।
No comments:
Post a Comment