मेरो बेग

म,
कुना-कन्दराबाट
थोपा-थोपा हुँदै,
भदौरे खहरे भएर
ढुँङ्गा-मुँडा सङ्गै बगेको भेल,
आज,
मिसिसिप्पी र मिजौरी  भएर
बग्दैछु मुल्धारको बेगमा,
विशाल महासागरमा,
आफ्नो अस्तित्व खोज्दै,
आफ्नो रङ्ग र सुगन्ध रोज्दै ।
            बग्दैछु .......
निरन्तर बग्दैछु ........।

No comments:

Post a Comment

अधिक पढिएको