मलाई.......
अब एउटा नयाँ कथा पढ्ने रहर छ ।
धेरै पढिए गजे घले र
किल्ला काँगडाको कथा ।
धेरै सुनिए छाउगोठमै
बलात्कृत नारीको व्यथा ।
धेरै पढिए मुग्लान भासिएका
धने र न्यासुरहरुको कथा ।
धेरै लेखिए देश र राष्टृयताको खोजिमा
भौंतारिएकी जयमायाको कथा ।
अब एउटा नयाँ कथा पढ्ने रहर छ ।
तिम्रै आँतले लेखिएको,
उच्च उच्च आकाश भरी देखिएको
एकमुठ्ठी तिम्रै स्वभिमानले
सिङ्गो विश्व उचालेको
नयाँ कथा पढ्ने रहर छ ।
तिम्रै हातले लेख्ने छौ त्यो कथा
भन्ने मेरो ठहर छ ।
अब एउटा नयाँ कथा पढ्ने रहर छ।।
अब एउटा नयाँ कथा पढ्ने रहर छ ।
धेरै पढिए गजे घले र
किल्ला काँगडाको कथा ।
धेरै सुनिए छाउगोठमै
बलात्कृत नारीको व्यथा ।
धेरै पढिए मुग्लान भासिएका
धने र न्यासुरहरुको कथा ।
धेरै लेखिए देश र राष्टृयताको खोजिमा
भौंतारिएकी जयमायाको कथा ।
अब एउटा नयाँ कथा पढ्ने रहर छ ।
तिम्रै आँतले लेखिएको,
उच्च उच्च आकाश भरी देखिएको
एकमुठ्ठी तिम्रै स्वभिमानले
सिङ्गो विश्व उचालेको
नयाँ कथा पढ्ने रहर छ ।
तिम्रै हातले लेख्ने छौ त्यो कथा
भन्ने मेरो ठहर छ ।
अब एउटा नयाँ कथा पढ्ने रहर छ।।
good
ReplyDelete