गजल

गजल
-------------
पिँउथें म पनि जमानामा, प्यालैमा डुबिकन
सिँउने गर्थें  फाटेको मन गहिराईमा डुबिकन ।

जसै उमेर ढल्दै गयो, जवानिपनी गल्दै गयो
खै के हो आजकाल, रुन्छ मन बिरहमा डुबिकन ।

कहिले कहिँ सम्झन्छु म ति झुपडिका दिनहरु
फस्टाएकै थियो भाषा-साहित्य उत्सर्गमै डुबिकन ।

कलिलो मूना म पनि रुझेकै थिँए ऊनैको प्रेममा
क्या आनन्द,बग्न पाउँदा तिम्रै भावनामा डुबिकन ।

चल्छ ईन्द्रीयहरु अझै पनि त्यही भाकामा भने
आऊ सङ्गी रमौं फेरी त्यही मीठो  उमङ्गमा डुबिकन ।


No comments:

Post a Comment

अधिक पढिएको