अबोला मान्छे

न श्रावण,
न झरि,
न वर्षात !!
यती धेरै उपमा के दिई रहन्छौ ?
म त शान्त, क्लान्त
संघर्षरत एक अबोला मान्छे हुँ ।

नसकौं फुर्क्याउँन कहिल्यै कसैलाई,
नजानौं घुर्क्याउँन कहिल्यै कसैलाई,
म त मेरै नियतिमा जोतिएको
पथिक एक अबोला मान्छे हुँ ।

न हाँसो छ, न गुनासो छ जिन्दगीमा,
यात्रामा भेटिएका अनगन्ती सहयात्रीहरु
तिरस्कृत आफु, न पीर न व्यथाको
बेस्वादको एक अबोला मान्छे हुँ ।

कसैले सर्काई रहनु पनि पर्या छैन,
कसैले थर्काई रहनु पनि पर्या छैन ।
म त मेरै गतीमा चल्ने,
मन्द बतास, एक अबोला मान्छे हुँ ।

No comments:

Post a Comment

अधिक पढिएको