आज एकबिहानै
किन गर्छौ तिमी गन्-गन ?
कसैले तिमीलाई
नेपाली होईन भन्यो कि,
ममताकी खानि, सृस्टिकी रानि
स्त्री होईन भन्यो तिमीलाई ?
चौबन्दी नलाएपनि,
गुन्द्रुकै नखाएपनि,
जनजिवनको शैलिमा
मात्री भाषा बोलेकै छौ ।
सुमधुर लोक भाकामा
तारा बाजी ल्यै ल्यै
गुन गुनाएकै छौ,
बाह्रखरी अहिले सम्म धानेकै छौ ।
अनी फेरी किन गर्छौ तिमी गन्-गन ?
फुकेकै छ नितम्ब् तिम्रा
उठेकै छ छाती तिम्रा ।
भरिएको तिम्रो गर्भमा
बिर्य त लोग्नेकै भएपनि
रगत र मातृत्त्वो त
तिमीले नै सिन्चिएकी छौ ।
अनी फेरि,
आज एक बिहानै
किन गर्छौ तिमी गन्-गन ?
किन गर्छौ तिमी गन्-गन ?
कसैले तिमीलाई
नेपाली होईन भन्यो कि,
ममताकी खानि, सृस्टिकी रानि
स्त्री होईन भन्यो तिमीलाई ?
चौबन्दी नलाएपनि,
गुन्द्रुकै नखाएपनि,
जनजिवनको शैलिमा
मात्री भाषा बोलेकै छौ ।
सुमधुर लोक भाकामा
तारा बाजी ल्यै ल्यै
गुन गुनाएकै छौ,
बाह्रखरी अहिले सम्म धानेकै छौ ।
अनी फेरी किन गर्छौ तिमी गन्-गन ?
फुकेकै छ नितम्ब् तिम्रा
उठेकै छ छाती तिम्रा ।
भरिएको तिम्रो गर्भमा
बिर्य त लोग्नेकै भएपनि
रगत र मातृत्त्वो त
तिमीले नै सिन्चिएकी छौ ।
अनी फेरि,
आज एक बिहानै
किन गर्छौ तिमी गन्-गन ?
No comments:
Post a Comment