नोस्टाल्जिया

थोक, पल, समय
जो बिते तिनै जाति
त्यो कलीलो माया झनै जाति ।

सम्झन्छु !
टोटलाको पंखा फिरिरिरि  घुमाएर
पेमा-डाडाभरी बुर्कुसी मार्न पाए हुन्थ्यो।

नाङ्गलाको बिटलाई खिरिरिरि  गुडाएर
मेला-बजार भरी दगुर्न पाए हुन्थ्यो।

गोठालाको भुण्टिको सिंगाने गालामा
एक चुप्पा मोई फेरी खान पाए हुन्थ्यो ।

भोर्ला खोल्सिको किनारमा लमतन्न भै
न्याउलको बिरह गीत फेरी सुन्न पाए हुन्थ्यो ।

समयको चक्रव्योममा फिरिरि  घुमेर्
तीस वर्ष पुरानो छाँयामा फेरी रम्न पाए हुन्थ्यो ।

No comments:

Post a Comment

अधिक पढिएको