लुक्दै-छिप्दै चियाउँदै आउँछिन उनि
रात बिरात सपनीमा सधैं धाउँछिन उनि ।
मेरो माया अजम्बरी हो कि होईन
जोखी तौली जाँच्न भ्याउँछिन उनि ।
थकित क्लान्त मेरा दर्दहरु मेट्न
झल्झली आँखामा सल्बलाउँछिन उनि ।
आज यो अन्धकारको निष्पट रातमा
म सिकारु प्रेमीलाई रुवाउँछिन उनि ।
खै कहाँ कता गईन एकान्तमा तड्पाई
मलाई छोडी खै किन हराउँछिन उनि ।
रात बिरात सपनीमा सधैं धाउँछिन उनि ।
मेरो माया अजम्बरी हो कि होईन
जोखी तौली जाँच्न भ्याउँछिन उनि ।
थकित क्लान्त मेरा दर्दहरु मेट्न
झल्झली आँखामा सल्बलाउँछिन उनि ।
आज यो अन्धकारको निष्पट रातमा
म सिकारु प्रेमीलाई रुवाउँछिन उनि ।
खै कहाँ कता गईन एकान्तमा तड्पाई
मलाई छोडी खै किन हराउँछिन उनि ।
No comments:
Post a Comment