गोर्खाल्याण्ड

युगौं देखी पुर्खाहरुको हड्डी सङ्गै
पहाडको थुम्का-थुम्कीहरुमा
अनी भन्ज्याङ्ग र घुम्तीहरुमा
जरा गाडेका पोथ्राहरु
आफ्ना कलीला मूनाहरु
टपक्  टपक्  टिपेर लगी
ताजगीको स्वादमा सुर्की लाउँदा पनि
चुप-चाप शान्त रहने ति चियाबोटहरु
आज एक देखी अर्को झोसिँदै, सल्किदै
एक विशाल मशाल जुलुस बनेको छ......
जुन्किरीको हिमनदी झै
पाखाभरी बग्दै ओरालो झरेको छ ।
तिरङ्गाको खातिर एल्० ओ० सि० मा ढलेको जवान
"गोर्खाल्याण्डको" खातिर फेरी जन्मदै छ ।

No comments:

Post a Comment

अधिक पढिएको