मन्जरी भरी फुलेको लाली गुराँस झैं
सन्तानका नजर भरी खुलेका ति मुहारहरु
अनगन्ती वेदनाका शूलहरु छाती भरी लुकाएर
उनिहरुका अगाडी हरपल मुस्कुराउँदै
"सुपरम्यान" बनेका हरेक बाबुहरु
मौनतामा भित्र भित्रै रोईरहेछन्
अभाव र असफलतालाई आँसुले धोईरहेछन् ।
घरको बाबु,
डाको छोडेर क्वाँ-क्वाँ रुनु पनि नहुने
गती नै छाडेर लमतन्न हुनु पनि नहुने
"आज छैन नानु, भोकै सुतौं" भन्न पनि नहुने
जस्तै परिस्थितिमा पनि परिवारलाई सम्हाल्ने
घोटिँदा घोटिँदै आफु खिईएको पनि थाहा नपाउँने
धन्य ति हरेक बाबुहरुलाई
घरको धरहरा, वचनको रखवाला
सदैव आशिषले भरुन सम्पुर्ण बाबुहरुलाई ।
सन्तानका नजर भरी खुलेका ति मुहारहरु
अनगन्ती वेदनाका शूलहरु छाती भरी लुकाएर
उनिहरुका अगाडी हरपल मुस्कुराउँदै
"सुपरम्यान" बनेका हरेक बाबुहरु
मौनतामा भित्र भित्रै रोईरहेछन्
अभाव र असफलतालाई आँसुले धोईरहेछन् ।
घरको बाबु,
डाको छोडेर क्वाँ-क्वाँ रुनु पनि नहुने
गती नै छाडेर लमतन्न हुनु पनि नहुने
"आज छैन नानु, भोकै सुतौं" भन्न पनि नहुने
जस्तै परिस्थितिमा पनि परिवारलाई सम्हाल्ने
घोटिँदा घोटिँदै आफु खिईएको पनि थाहा नपाउँने
धन्य ति हरेक बाबुहरुलाई
घरको धरहरा, वचनको रखवाला
सदैव आशिषले भरुन सम्पुर्ण बाबुहरुलाई ।
No comments:
Post a Comment