-अनूदित कविता (अङ्ग्रेजीबाट)
मेरा पयरहरु
तिमीले जान्दैनौ कि
मेरो मुहार
हाँसोले भरिएको छ भन्दैमा,
र मेरो कण्ठ
गीतले भरिएको छ भन्दैमा
तिमीले सोचेनौं कि
म पनि दुखी हुन्छु
यती देरै पिँडाहरु
यती लामो समय सम्म
दबाएर राखेपछी ?
मेरो मुहार
हाँसोले भरिएको छ भन्दैमा,
तिमीले सुन्दैनौ
मेरा भित्री रोदनहरु ?
मेरा पयरहरु
नृत्यमा उल्लासित छन भन्दैमा
तिमीले जान्दैनौ कि
मेरो पनि मृत्यु हुन्छ ?

No comments:
Post a Comment