मान्छे……………………
कस्तो होला है मान्छेको जात………… ?
भित्र………. भित्रै,
घमण्ड र अहङ्कारले,
जलेर खरानी हुँदा पनि
बाहिरी शृङ्गार घस्न छोड्दैन ।
नयाँ-नयाँ पहिरन्,
सुनका औंठी र हार्,
अत्याधुनिक मोबाइलले
सजिएर आकाशको तारा झैं
चम्किन खोज्छ मान्छे……………..,
तर समयमा टिप्न नभ्याएको
करेसाबारिको टमाटर झैं
भित्र..... भित्रै सडिएर गली सकेको मान्छे
अरु कती टल्किन खोज्दो रहेछ हेरौं………………..?
भरुवा बन्दुकको नालिबाट निस्केका
छर््रा गोली झैं
बिषालु शब्दहरु मुखबाट ओकल्छ,
अर्काको प्रगती देखेर आरिसले
मन्मनै पिल्सिन्छ मान्छे……………….,
कस्तो होला है मान्छेको जात…………………. ?
न त आफु गरिखाने,
न त अरुलाई गरिखान दिने,
कसरी हुन्छ अरुलाई पछारी आफु अगि हिड्ने
कस्तो होला है मान्छेको जात………………………… ?
सजाउँछ मखुण्डो मुष्कानले,
सार्दै अघी मित्रताको हात,
भर्दछ हृदय प्रतिशोधको रापले
भन्द्दै कहिले तेरो मृत्युको रात………..?
कस्तो होला है मान्छेको जात………………….. ?
कस्तो होला है मान्छेको जात………… ?
भित्र………. भित्रै,
घमण्ड र अहङ्कारले,
जलेर खरानी हुँदा पनि
बाहिरी शृङ्गार घस्न छोड्दैन ।
नयाँ-नयाँ पहिरन्,
सुनका औंठी र हार्,
अत्याधुनिक मोबाइलले
सजिएर आकाशको तारा झैं
चम्किन खोज्छ मान्छे……………..,
तर समयमा टिप्न नभ्याएको
करेसाबारिको टमाटर झैं
भित्र..... भित्रै सडिएर गली सकेको मान्छे
अरु कती टल्किन खोज्दो रहेछ हेरौं………………..?
भरुवा बन्दुकको नालिबाट निस्केका
छर््रा गोली झैं
बिषालु शब्दहरु मुखबाट ओकल्छ,
अर्काको प्रगती देखेर आरिसले
मन्मनै पिल्सिन्छ मान्छे……………….,
कस्तो होला है मान्छेको जात…………………. ?
न त आफु गरिखाने,
न त अरुलाई गरिखान दिने,
कसरी हुन्छ अरुलाई पछारी आफु अगि हिड्ने
कस्तो होला है मान्छेको जात………………………… ?
सजाउँछ मखुण्डो मुष्कानले,
सार्दै अघी मित्रताको हात,
भर्दछ हृदय प्रतिशोधको रापले
भन्द्दै कहिले तेरो मृत्युको रात………..?
कस्तो होला है मान्छेको जात………………….. ?
No comments:
Post a Comment