फलेको भए रुखमा डलरको नोट्
मै पनि लगेर रोप्ने थिँए त्यस्को बोट ।
दिन्थें तिमीलाई टिपेर बोरामा खाँदि-खाँदी कन
तर त्यस्तो बिचित्र कहाँ हुन्थ्यो, लौ भन ।
रगत र पसिनाको सागर बगाएर
मेहनत गर्नु पर्छ निद्रा सरी, ध्यान लगाएर ।
तब मात्र बल्ल लाग्छ चिचिला डलरको सानो
त्यही पनि मुटुनै दुख्ने गरी चिमोटी दिन्छ दानो ।
बाँकी उब्रे-पाब्रेको डलरको आधा नोट्
सकिन्छ टाल्दा टाल्दै महङ्गिको चोट ।
लौ भन अब कहाँबाट दिउँ म तिमीलाई
सक्दिन अब बगाउँन डलरको भेल तिमीलाई ।

No comments:
Post a Comment