कसैले झोसी दिंदा सल्कि हाल्ने,
कसैले हल्लाई दिंदा छल्की हाल्ने,
कसैले ठोकी दिंदा बजी हाल्ने,
के खैँजडी हौं हामी नेपाली ? ?
एकले अर्को सङ्ग् भेट्नै नहुने,
एकले अर्कोलाई देख्नै नहुने,
कसैले कुरा लाई दिँदा बाझी हाल्ने,
कसैले चुरा लाई दिँदा नाची हाल्ने,
के खैँजडी हौं हामी नेपाली ? ?
सत्य तथ्य बुज्नु पर्दैन
भाषा साहित्य रुझ्नु पर्दैन
कसैले उचाल्दा उचालिने
कसैले पछार्दा पछरिने
के खैँजडी हो हामी नेपाली ? ?
जसले सजाए पनि हुने
जसले बजाए पनि हुने!!!
के खैंजडी हौं हामी नेपाली ? ? ?
कसैले हल्लाई दिंदा छल्की हाल्ने,
कसैले ठोकी दिंदा बजी हाल्ने,
के खैँजडी हौं हामी नेपाली ? ?
एकले अर्को सङ्ग् भेट्नै नहुने,
एकले अर्कोलाई देख्नै नहुने,
कसैले कुरा लाई दिँदा बाझी हाल्ने,
कसैले चुरा लाई दिँदा नाची हाल्ने,
के खैँजडी हौं हामी नेपाली ? ?
सत्य तथ्य बुज्नु पर्दैन
भाषा साहित्य रुझ्नु पर्दैन
कसैले उचाल्दा उचालिने
कसैले पछार्दा पछरिने
के खैँजडी हो हामी नेपाली ? ?
जसले सजाए पनि हुने
जसले बजाए पनि हुने!!!
के खैंजडी हौं हामी नेपाली ? ? ?


No comments:
Post a Comment