मेरो पन्चाङ्गमा

हो..........
तिमी पत्याउँदिनौ होलि,
मैले साँच्चै भनेको हुँ,
तिमीले मलाई
काले भने पनि
गोरे भने पनि,
म 'म' नै हुँ,
किन भने,
 मेरो पन्चाङ्गमा
कुनै जातिय दिवस छैन ।

मेरो छातिलाई मेरै नङ्ग्राले
च.. र.. र.. र....  चिरेर
फोक्सो, कलेजो अनि मुटुलाई
चिथोर - चाथर.....  पारेर
ताता अनि राता,
हो......  तिम्रै जस्ता राता
रगतका छिर्काहरु सङ्गै
निर्धक्क भन्न सक्छु
म 'म' नै हुँ,
किन भने,
मेरो पन्चाङ्गमा
कुनै जातिय दिवस छैन ।

सामजिक  उल्झनमा टेवा लागेको
मेरो नियती खोटो होईन
यो बेमेल समाजनै खोटो छ,
तेसैले त म,  केवल 'म' हुँ,
किन भने,
 मेरो पन्चाङ्गमा
कुनै जातिय दिवस छैन ।

No comments:

Post a Comment

अधिक पढिएको