चनमती

सानी कान्छी पातली ।
सँधै गर्छे धाँधली । ।

खोई पापा भनेर ।
सारै रुन्छे कनेर । ।

रुँदै बस्छे रिसाई ।
खुसी पार्छु जिस्काई । ।

उफ्री पाफ्री नाँचेर ।
हाँस्छे माँया गाँसेर । ।

घाम प्यारो पुषको ।

बोली मीठो उसको । ।

चनमती  सधैं गाउँछे ।
न्यानो माया लाउँछे । ।

No comments:

Post a Comment

अधिक पढिएको