हे ! बरिष्ठ मानिनेहरुअनी उत्कृष्ट गनिनेहरु !!
डोरी तान्दा उचालिने हात,
ठुलो बोली गर्दा खुँम्चिने आँत,
पक्कै म कठपुतली होईन
तैँले हाँस भन्दा हाँस्ने
तैँले नाँच भन्दा नाँच्ने ।
हुँङ्ग्कार डुक्रिएर मात्र हुँदैन
व्यवहारिक बन्न सिक्नु पर्छ ।
गोली झैं उडेका बोलिहरु
निशानामा टिक्नु पर्छ ।
भाषा र साहित्य
बरिष्ठले मात्र बोल्दैन
निमुखाले नि तेसको
अन्तरङ्गहरु खोल्छन ।
जिन्दगीको सुर र तालमा
रस र अलङ्कारको धुन बोल्छ ।
याद गरेस !!! ,
जो अघी छ त्यो पछी हुन्छ
अनि
जो पछी छ ऊ अघी हुनेछ ।
No comments:
Post a Comment