अस्थिपन्जर

त्यसले पनि छर्‍याप्प टेक्यो,
उसले पनि अस्थिपन्जरहरु
झर्‍याप्प ढुटिएको देख्यो,
अनी फेरी छर्‍याप्प टेक्यो ।
क्रम चलिरहयो....
अनि  चलिरहयो... !

हिँड्दै जाँदा..
चल्दै जाँदा..
गल्ली भरि..
बाटा भरि..
अनि
बलेंसिभरि..
प्रतेक पाईलाहरुले
बीचराहरुको चित्कारमा
उनिहरुको पसिनाको मसिले
अस्थिपन्जरहरु छाप्दै गयो
छाप्दै गयो............
क्रम चलिरहयो......
अनि चलिरहयो.....
बलत्कृत कुमारित्वहरु सङ्गै
धुज-धुजा सपनीहरु सङ्गै
उसको जिन्दगी पनि च्यात्ती रहयो ।

No comments:

Post a Comment

अधिक पढिएको