बिस्तारै उठेरलर्याङ्ग-लुरुङ्ग गर्दै
वरी-परी दृष्टि छर्यो
वस्तु एक उसको नजर पर्यो ।
यताबाट ढल्की हेर्यो
माया जस्तो देख्यो,
उता पटी कोल्टी हेर्यो
छाँया जस्तो पो देख्यो ।
सुन्दरता सजिएको
कलात्मक शिल्पहरुले भरिएको
उठेर हेर्दा सुरिलो देख्यो
बसेर हेर्दा धारिलो पो देख्यो ।
लुरू-लुरू गर्दै टिपी ल्यायो
देखी त्यो अति सुन्दर ।
झस्कियो ,
अहो !!!
यो त भ्रम पो रहेछ ।
वस्तु एकको दृष्टि अनेक ।
अघिको सुन्दरता
ल्याँउदा-ल्याँउदै बाटैमा हराएछ ।कती कुरुप,
कती फरक देखिएको अहिले ।
सम्झियो,ऊ त छोराको बाबा हो,
ऊ त स्वास्निको पती हो,
ऊ त बाबुको छोरा हो ।अहो !!!
ऊ एक त अनेक पो रहेछ ।
वस्तु एकमा दृस्टी अनेक पो रहेछ ।
कस्तो भ्रम,
अनी कस्तो भ्रान्ति !!!
No comments:
Post a Comment