नयाँ नागरिक

परावैजनी रेशमिहरु सङ्गै
चुम्बकीय तरङ्गहरु
ध्रुबिय केन्द्रबाट
गोलार्ध कोर्दै
क्वान्टमका भल्का-भल्का हुँदै
बीकेन्दृकरण भएका
जिवनका बीज बोकेर
मेरा मायाका कणहरु
कती तिर पो पुगुन ?
लौ भन त !!!

यो अन्तरिक्ष त
अथाह छ, अनन्त छ,
कती प्रकाश वर्ष हो ?
कस्लाई पो थाहा छ र !!!
तै पनि,
यो एक कण सापटी
परापुर्वकालको धितो सम्झी ।

सौर्य ज्वाला भन्दा उष्ण
तापमान बोकेकी तिमी
सापटी त्यो सुक्रकिट
डिम्बाशायमा समायोजन गरी
मातृत्व र ममताले सिन्चन गरी
यस भुमण्डलमा बुमर्यङ्ग जस्तै
झट्टयायौ त्यो कोसेली
यो फिरङ्गी मुलुकको नयाँ नागरिक ।
हो,
यत्रो सारा सौर्य मण्डलमा
उदायो एक ध्रुबतारा
केवल तिम्रो अनि मेरो निशानामा ।

No comments:

Post a Comment

अधिक पढिएको