कुरो के हो ?
मैले बुझ्न सकिन ?
ऊ,
न त झरेर मर्यो ?
या त मरेर झर्यो ?
तर,
मर्न चैं मरेकै हुनुपर्छ !झर्न पनि झरेकै हुनुपर्छ !
किन भने,
हिँजोको तोते बोली
आज उसले बुझ्न छोड्यो !
पहाड कन्दराका भाका
उसलाई आज रुच्न छोड्यो !
ठाक्कै !!!...........
कुरो के हो ?
मैले बुझ्न सकिन !
ऊ,
न त लडेर मर्यो ?
या त मरेर लड्यो ?
तर,
लड्न चैं लडेकै हुनु पर्छ !
मर्न पनि मरेकै हुनु पर्छ !
किन भने,
हिँजोको भाकामा
उसले आज सास फेर्दैन!
भाषालाई हिँजोको दृष्टिले आज हेर्दैन ।
ठ्याक्कै !!! ........
कुरो के हो ?
मैले बुझ्न सकिन ।

No comments:
Post a Comment