
तपाईं,
जे भन्नु हुन्छ भन्नुहोस्,
जे गर्नु हुन्छ गर्नुहोस्,
तर अब उप्रान्त,
म तपाईको लेखकीमा,
तपाईंको कल्पनमा,
अनी तपाईंले बुनेका सपनाहरुमा,
बन्दी भएर कठपुतली झैं ,
लुरु लुरु,
जता डोर्यायो उतै हिँड्ने छुँईन ।
म पात्र सहि,
तपाईंको सृजना सहि,
तर मैले तपाईको लेखकीबाट,
तपाईको दरिद्र मनस्थितिबाट
छुट्कारा पाउँनु पर्छ ।
अन्य बाटो रोज्न पाउँनु पर्छ ।
बैकल्पिक छटा सजाउन पाउँनु पर्छ ।
तपाईलाई थाहा छ ? ?
जिवन सधैं भरि,
न्यासुर र आईतेको जस्तो,दुखै-दुखले भरिएको मात्र हुँदैन ।
सुखका दिनहरु पनि आउँछन ।
तेसैले,
अब म,
फेरी कतै लेखिएँ भने,
फेरी कतै देखिएँ भने,
सम्पन्नताको पात्रमा लेखिन चहान्छु,स्वतन्त्र भएर जिउँन चहान्छु ।
किन भने,
तपाईले मलाई,
कहिल्यै सम्पुर्ण लेख्न सक्नु हुन्न ।
कहिल्यै सक्नु हुन्न ।
No comments:
Post a Comment