अझै म उठ्छु

                                              -(Maya Angeleo)
                                                 from English
तिमीले मलाई ईतिहासमा होच्याएर लेख्न सक्छौ
ती तिम्रा तिता, मोडिएका झुठहरुले
तिमीले मलाई माटोमा दबाउँन सक्छौ
तर अझै पनि, धुलोझैं, म उठ्नेछु ।

के तिमीलाई मेरो सुन्दरताले दुखी तुल्याउँछ ?
किन तिमी सधैं उदास भएर बस्छौ ?
'किनभने तेलको खानी भएझैं हिँड्छु भनेर
मेरै बैठक कोठामा तानेझैं गरी ?'

चन्द्रमाहरु जस्तै र सुर्यहरु जस्तै
छालहरुको निश्चित्ता सङ्गैं
आशाहरु उच्च आँकुराएझैं
अझै पनि म उठ्नेछु ।

के तिमी म टुटेको देख्न चहान्थ्यौ ?
झुकेको शिर र निहुरिएका आँखाहरु ?
आँसुका थोपाहरुझैं बग्दै गरेका कुमहरु ।
मेरा आत्मा-रोदनहरुले कम्जोर बनेका छन ।

के मेरो दृढताले तिमीलाई आघात पुर्याउँछ ?
त्यसलाई अत्यन्त कठोर नलेउ
किनकि, सुनको खानी पाएझैँ हाँस्छु
मेरै करेसाबारिमा खनिएझैं गरी ।

प्रहार गर्न सक्छौ मलाई तिम्रा शब्दहरुले
काट्न सक्छौ मलाई तिम्रा ति नजरहरुले
मार्न सक्छौ मलाई तिम्रा घृणाहरुले
तर अझै पनि, तुफानझैं, म उठ्नेछु ।

की पिरोल्छ तिमीलाई  मेरो कामुकता ले ?
कि आश्चार्य बनेर आउँछ यो
की नाँच्दछु म हिरा पाएझैं
मेरै तिग्राहरुको सँगममा ?

ईतिहासका लज्जास्पद झुपडिबाट बाहिर्
म उठ्छु
अतितमा जरा गाडिएका दुखहरुबाट माथि
म ओठ्छु
म कालो समुन्द्र हुँ, लम्कने र चौडा
गहिरिने र छचल्किने छालहरु म सहन्छु
पछाडी छोड्दै आतङ्क र भयका रातहरु
म उठ्छु
अत्यन्त सफा दिनको आगमनमा
म उठ्छु
मेरा पुर्खाहरुले दिएका उपहारहरु ल्याउँदै
म हुँ सपना र आसा ति कमाराहरुको
म उठ्छु
म उठ्छु
म उठ्छु ।

                                      (अनुवाद: प्रतिमान सिवा)

No comments:

Post a Comment

अधिक पढिएको