यदि,
म राजा पुनियानी हुनु हो भने,
मेरा सारा 'एकदिने' कविताहरु
झुल्के घामको किरण सङ्गै टाँसेर
ईण्द्रेणिको पुछरमा गाँसेर
चङ्गा जस्तै आकाश भरी उडाई दिन्थें ।
यदि,
म मनु मन्जिल हुनु हो भने
मेरा सारा दुस्मनी कविताहरु
फुलका थुँगाहरु जस्तै फुलाएर्
मेरा प्रतेक दुस्मनहरुको,
आँगन भरी वसन्त फुलाईइदिन्थें ।
यदि,
म माया अन्जेलेउ हुनु हो भने
मेरा सारा नारिवादी कविताहरु,
हौसलाका गुच्छाहरु बुनेर
मेरा हृदयका सविताहरुलाई
अन्जुली भरी भरी पस्किदिन्थें ।
तर बिडम्बना,
म प्रतिमान
मेरा कविताहरु
न त चङ्गा जस्तै उड्छन्
न त सुनाखरी जस्तै फुल्छन् ।

No comments:
Post a Comment