त्यो दिन


www.partimansiwa.blogspot.com
त्यो दिन,
सारा पृथ्बिलाई छल्ने गरी
एउटा आकृती खडा भयो ।
कल्बारीको डाँडामा
आकाश मूनी अनि पृथ्बी माथी
आकृती त कती हो कती थे
तर सन्सारले मात्रै एउटा देख्यो ।
बादलले आकश छोप्यो,
हावा हुन्डरिले मानिसहरु ऊडायो
बिजुली चम्कियो,
धर्ती चिरियो,
तर एउटा मूलबाट
थोपा थोपा हुँदै जिवनको धारा बगी रहयो
चङ्गाईका झिल्काहरु चम्की रहयो ।
रुनेहरु कती रोए,
हाँस्नेहरु कती हाँसे ।
देख्नेले जिवन देखे,
नदेख्नेले मृत्यु देखे ।
तर त्यो आकृति
अनी त्यो दिन्
यो पृथ्बिमा  दिन्,
सारा पृथ्बिलाई छल्ने गरि
एउटा आकृती खडा भयो ।
कल्बारीको डाँडामा
आकाश मूनी अनि पृथ्बी माथी
आकृती त कती हो कती थे
तर सन्सारले मात्रै एउटा देख्यो ।
बादलले आकश छोप्यो,
हावा हुन्डरिले मानिसहरु ऊडायो
बिजुली चम्कियो,
धर्ती चिरियो,
तर एउटा मूलबाट
थोपा थोपा हुँदै जिवनको धारा बगी रहयो
चङ्गाईका झिल्काहरु चम्की रहयो ।
रुनेहरु कती रोए,
हाँस्नेहरु कती हाँसे ।
देख्नेले जिवन देखे,
नदेख्नेले मृत्यु देखे ।
तर त्यो आकृति
अनी त्यो दिन्
यो पृथ्बिमा अझै
फैली रहेको छ अनि फैली रहोस ।
ढुँङ्गा पनि सृस्टी हो
माटो पनि सृस्टी हो
मानिस पनि सृस्टी हो,
तिमी मान या नमान्
त्यो आकृती
प्रसङ्साको योग्य छ ।
त्यसैले
सारा प्रसङ्सा अनि महिमा
त्यही आकृतिलाई
जो मरेर बाँच्यो अनि बचायो ।

No comments:

Post a Comment

अधिक पढिएको