ठोक

ठोक  भाई ठोक !
बलेसिमा झरेका तप्कनीहरुले
उठाएको पानी-फोकहाँरु झैं
हत्केलाहरुमा
अनी औंलाहरुमा
ठेला उठेर
टिल्पिल-टिल्पिल
नहोउन्जेल सम्म
घमण्डको र अहङ्कारको ढोल
कती ठोक्छस भाई ? ? ठोक !
क्षुद्रताको र बिभेदको ढोल
कती ठोक्छस भाई ? ? ठोक्!


मेरो अनि तेरो मूल
एउटै जरुवा हो,
नितिका कुरा जती नै गरे पनि
तँ पनि ऊही चरूवा होस्
अहिले पजेरो, टोयोटा जे भए पनि
हिँजो त्यही टोक्रेमा बाँचेको होस्
त्यसैले,
ठोक भाई ठोक्,
घमण्डको र अहमको ढोल
कती ठोक्छस ? ? ठोक !

No comments:

Post a Comment

अधिक पढिएको