छोरो

आज,
मेरो सगरमाथा फेरी हाँस्यो ।

टुक्रा-टुक्रा देश बोकेर,
यत्र-तत्र मिसिएको अक्षांसहरु
नानु ! तिम्रो मुस्कान सङ्गै
फेरी सिङ्गो भुगोल बाँच्यो ।
मेरो सगरमाथा फेरी हाँस्यो ।

मेरो जिवनको धरहरा
तिमीसङ्गै ब्युँतिएर
ड्याफोडिल्सको टुप्पा-टुप्पामा
मखमली र सयपत्री नाँच्यो ।
नानु ! तिम्रो मुस्कान सङ्गै
मेरो सगरमाथा फेरी हाँस्यो ।

मध्यरातको अन्धकारमा
एक अन्जुली चिराग चोरी ल्याँउने
धिप्-धिपे जुन्किरिसङ्गै
म तिम्रो बुडो रुख अनि
तिमी मेरो सान्नानी ,
रहरै-रहरमा जिवन बाँच्यो,
आज,
मेरो सगरमाथा फेरी हाँस्यो ।

No comments:

Post a Comment

अधिक पढिएको