हिँड्दा-हिँड्दै गरेको गोरेटो
आज कतै अल्झियो कि ?
फुल्दै-भुल्दै गरेको बन्धन
आज कतै बल्झियो कि ?
आज म,
फेरी विस्थापित भएँ कि कसो ? ?
तोकि-बोकी हिँडेको लक्ष्य
आज कतै गुम्यो कि ?
आकाश -धरती जोडने सपना
आज कतै भुल्यो कि ?
आज म,
फेरी विस्थापित भएँ कि कसो ? ?
आजको प्यारो भोलिको बिरानो
सन्दर्भ पुरानै हो कि ?
जे हुन्छ असल हुन्छ भन्ने
सत्य नै पो हो कि ?
आज म,
फेरी विस्थापित भएँ कि कसो ? ?
आज कतै अल्झियो कि ?
फुल्दै-भुल्दै गरेको बन्धन
आज कतै बल्झियो कि ?
आज म,
फेरी विस्थापित भएँ कि कसो ? ?
तोकि-बोकी हिँडेको लक्ष्य
आज कतै गुम्यो कि ?
आकाश -धरती जोडने सपना
आज कतै भुल्यो कि ?
आज म,
फेरी विस्थापित भएँ कि कसो ? ?
आजको प्यारो भोलिको बिरानो
सन्दर्भ पुरानै हो कि ?
जे हुन्छ असल हुन्छ भन्ने
सत्य नै पो हो कि ?
आज म,
फेरी विस्थापित भएँ कि कसो ? ?
No comments:
Post a Comment