यो ओछ्यान कहिले उठ्दैन

यो ओछ्यान कहिले उठ्दैन !
कहिले उसको हुन्छ,
अनि कहिले मेरो हुन्छ,
तर कहिले हाम्रो हुँदैन ।

तातो छ,
न्यानो छ,
अनी प्यारो छ ।

रातभरिको म्यासिनसँगको कुस्तिलाई
यही ओछ्यानमा मात्रै बिसाउन पाईन्छ ।

निद्रा मार्नै पर्ने,
थकान झार्नै पर्ने,
त्यसैले
निर्जिव सिरकलाई अङ्गालो हाल्दै
'लेबर डे' कहिले आउला भन्दै
उत्तेजनालाई होईन भुत्तेजनालाई
सम्हाल्दै निदाई दिन्छु फुस्स ।
यो ओछ्यान ,
कहिले उसको हुन्छ,
अनि कहिले मेरो हुन्छ,
तेसैले कहिले उठ्दैन ।

निद्रा पुगेको नपुगेको
कुनै सरोकारै भएन,
बेलुकी नौ बजे पछि
त्यो ओछ्यान आफ्नो रहेन ।

उनी पनि पुक्लुक्क लड्दिहुन्
'लेबर डे' कहिले पर्छ भनि
भित्ते पात्रो सधै हेर्दिहुन ।

घर छ,
परिवार छ,
ओछ्यान छ,
अनी जीवन छ
तर केवल आधा-आधा ।
तेसैले यो ओछ्यान्
कहिले उसको हुन्छ
अनि कहिले मेरो हुन्छ
त्यसैले यो ओछ्यान कहिले उठ्दैन  ।

No comments:

Post a Comment

अधिक पढिएको