हे कलाकारहरु हो !!

हे खुल्ला रङ्गमञ्चका जिवित कलाकारहरु हो !!
यदि,
कथा/पट्कथामा नसजाएको भए,
छोडीदेउ अब अभिनय गर्न ।
भर्जिन आक्षेपहरुको नौटङ्की एकाङ्कीहरुमा
मुखुडा फुकाल्दै-लगाउँदै गर्न
गाह्रो भो यहाँ पटक पटक मर्न,
र घाईते हृदय विश्वासमा उभ्याउँन ।

हर चन्द्रमा रोएको रात अनि
काकाकुल उर्लेर कुर्लेको साँझ,
जिउँदै बिझाउँछ यहाँ भयावह बात
र शब्द-शब्दमा पोल्दछ आँत,
जब यहाँ समय-समयमा चल्दछ
आत्मा जोखिने बेफजुल बात ।

हे खुल्ला रङ्गमञ्चका जिवित कलाकारहरु हो !!
यदी सक्छौ भने तिमी,
उहँको चरित्र उतारेर देखाउ
गिर्दै गरेको पत्थरलाई उचालेर देखाउ ।
होइन भने,
ब्यर्थ मञ्चिएर रङ्गमञ्चमा
बेअर्थका सम्बादहरु नलेखाउ ।
सक्छौ भने,
हराएका/बिलाएकालाई खोजेर देखाउ,
होइन भने,
नाप-तौलका असभ्य खेल छोडिदेउ ।
असत्य बन्दै नबोलिदेउ ।

No comments:

Post a Comment

अधिक पढिएको