क + विता

फुर्सदमा मोबाईल खोली हेर्छु,
सुरुमै औंलाले फसबुकलाई थिच्छ ।
सारै मीठा-मीठा गजल अनि कविताहरु
सजिएका हुन्छन बिभिन्न इस्ट्याटसहरुमा ।
पढ्दै जाँदा,
आनन्दले भिज्दै जान्छु,
कती मीठा, कती रोचक
कती सरल, कती सुन्दर ,
कवि अनि कविता, गजल अनि गजलकार,
नेपाली वाङमय सबै हुँदैछन मुलधार ।

म पनि के कम, लेख्छु कविता भनी
तम्सें कागज र कलम गनी गनी ।
कागज पल्टाँए, कलम समाँए
तर शब्दै आएन, अलङ्कार नै रमाएन ।
बल्ल- तल्ल तानी ल्याएको 'क'
अतिध्रुबीय 'विता' सँग बस्नै मानेन ।
'शेर' त शेरै भैगयो, तखल्लुसले नै धानेन ।
मन्दाक्रान्ता भन्छ 'म भ्याउँदिन'
लय भन्छ 'तेरा कवितामा म छाउँदिन' ।

गद्यलाई खुसामती गरें,
ल पनि भनेन, नाँई पनि भनेन,
बन्यो मेरो क-विता भनी भर  परें,
शब्द माथि शब्द थुपारी रहें ।
'शेर' र 'तखल्लुसलाई मनभरी झपारी रहें ।
एक विता, दुई विता हुँदै बड्यो
शब्दको डङुर निकै उकालो चड्यो ।
तर हेर्छु,
बन्दै बनेन संगम 'क' र 'विता'को
असाध्यै राम्रो लेख्छु भनी थिएँ चिताको
शब्दको हार गरर लडेर गयो
के बन्थ्यो कविता मनै  भयो रुष्ट ।
यी नै हुन मेरा कविताको बिडम्बना
एस्तै भएपनी रहोस सम्झाना
प्रस्तुत छ मेरा प्रयासहरु तपाईं माझमा

विभेद

अचम्मको कुरो,
 तिनिहरु
हिँजोपनि दौडिरहेथे,
आज पनि दौडिरहेछन्,
भोलिपनी दौडिरहनेछन् ।

दौड्दा-दौड्दै
थकित्, क्लान्त तिनिहरु
सामुहिक आत्माहत्यको
सघाँरमा पुगेकापनि
थपिदिएपछी कसैले
उर्जाका ब्याटरीहरु
फेरी दौडिरहनेछन्
उही पुरानै शैली बोकी ।

सडिएको यो समाज
जती नै आधुनिक्तामा डुबे पनि
मानिसहरु जतिनै शिक्षित भएपनि
यो एक्काईसौं शताब्दिको मध्यमा पनि
जब कसैले भरिदिन्छ
चिराग छुद्रताको
यो समाज फेरी बौरिन्छ
ताल्-बेतालका विभेदीय कुराहरु बोकी
चाहे जातिय होस या धार्मिक होस्
विभेदका कुराहरु बोकी
यो समाज फेरी बौरी रहन्छ
अनि विभेदको दौडमा जलिरहन्छ ।

डलर


फलेको भए रुखमा डलरको नोट
मै पनि लगेर रोप्ने थिँए त्यस्को बोट ।

दिन्थें तिमीलाई टिपेर बोरामा खाँदि-खाँदी कन
तर त्यस्तो बिचित्र कहाँ हुन्थ्यो, लौ भन ।

रगत र पसिनाको सागर बगाएर
मेहनत गर्नु पर्छ निद्रा सरी, ध्यान लगाएर ।

तब मात्र बल्ल लाग्छ चिचिला डलरको सानो
त्यही पनि मुटुनै दुख्ने गरी चिमोटी दिन्छ दानो ।

बाँकी उब्रे-पाब्रेको डलरको आधा नोट
सकिन्छ टाल्दा टाल्दै महङ्गिको चोट ।

लौ भन अब कहाँबाट दिउँ म तिमीलाई
सक्दिन अब बगाउँन डलरको भेल तिमीलाई ।

ठोक

ठोक  भाई ठोक !
बलेसिमा झरेका तप्कनीहरुले
उठाएको पानी-फोकहाँरु झैं
हत्केलाहरुमा
अनी औंलाहरुमा
ठेला उठेर
टिल्पिल-टिल्पिल
नहोउन्जेल सम्म
घमण्डको र अहङ्कारको ढोल
कती ठोक्छस भाई ? ? ठोक !
क्षुद्रताको र बिभेदको ढोल
कती ठोक्छस भाई ? ? ठोक्!


मेरो अनि तेरो मूल
एउटै जरुवा हो,
नितिका कुरा जती नै गरे पनि
तँ पनि ऊही चरूवा होस्
अहिले पजेरो, टोयोटा जे भए पनि
हिँजो त्यही टोक्रेमा बाँचेको होस्
त्यसैले,
ठोक भाई ठोक्,
घमण्डको र अहमको ढोल
कती ठोक्छस ? ? ठोक !

त्यो दिन


www.partimansiwa.blogspot.com
त्यो दिन,
सारा पृथ्बिलाई छल्ने गरी
एउटा आकृती खडा भयो ।
कल्बारीको डाँडामा
आकाश मूनी अनि पृथ्बी माथी
आकृती त कती हो कती थे
तर सन्सारले मात्रै एउटा देख्यो ।
बादलले आकश छोप्यो,
हावा हुन्डरिले मानिसहरु ऊडायो
बिजुली चम्कियो,
धर्ती चिरियो,
तर एउटा मूलबाट
थोपा थोपा हुँदै जिवनको धारा बगी रहयो
चङ्गाईका झिल्काहरु चम्की रहयो ।
रुनेहरु कती रोए,
हाँस्नेहरु कती हाँसे ।
देख्नेले जिवन देखे,
नदेख्नेले मृत्यु देखे ।
तर त्यो आकृति
अनी त्यो दिन्
यो पृथ्बिमा  दिन्,
सारा पृथ्बिलाई छल्ने गरि
एउटा आकृती खडा भयो ।
कल्बारीको डाँडामा
आकाश मूनी अनि पृथ्बी माथी
आकृती त कती हो कती थे
तर सन्सारले मात्रै एउटा देख्यो ।
बादलले आकश छोप्यो,
हावा हुन्डरिले मानिसहरु ऊडायो
बिजुली चम्कियो,
धर्ती चिरियो,
तर एउटा मूलबाट
थोपा थोपा हुँदै जिवनको धारा बगी रहयो
चङ्गाईका झिल्काहरु चम्की रहयो ।
रुनेहरु कती रोए,
हाँस्नेहरु कती हाँसे ।
देख्नेले जिवन देखे,
नदेख्नेले मृत्यु देखे ।
तर त्यो आकृति
अनी त्यो दिन्
यो पृथ्बिमा अझै
फैली रहेको छ अनि फैली रहोस ।
ढुँङ्गा पनि सृस्टी हो
माटो पनि सृस्टी हो
मानिस पनि सृस्टी हो,
तिमी मान या नमान्
त्यो आकृती
प्रसङ्साको योग्य छ ।
त्यसैले
सारा प्रसङ्सा अनि महिमा
त्यही आकृतिलाई
जो मरेर बाँच्यो अनि बचायो ।

मान्छे

मान्छे……………………
कस्तो होला है मान्छेको जात………… ?
भित्र………. भित्रै,
घमण्ड र अहङ्कारले,
जलेर खरानी हुँदा पनि
बाहिरी शृङ्गार घस्न छोड्दैन ।
नयाँ-नयाँ पहिरन्,
सुनका औंठी र हार्,
अत्याधुनिक मोबाइलले
सजिएर आकाशको तारा झैं
चम्किन खोज्छ मान्छे……………..,
तर समयमा टिप्न नभ्याएको
करेसाबारिको टमाटर झैं
भित्र..... भित्रै सडिएर गली सकेको मान्छे
अरु कती टल्किन खोज्दो रहेछ हेरौं………………..?

भरुवा बन्दुकको नालिबाट निस्केका
छर््रा गोली झैं
बिषालु शब्दहरु मुखबाट ओकल्छ,
अर्काको प्रगती देखेर आरिसले
मन्मनै पिल्सिन्छ मान्छे……………….,
कस्तो होला है मान्छेको जात…………………. ?

न त आफु गरिखाने,
न त अरुलाई गरिखान दिने,
कसरी हुन्छ अरुलाई पछारी आफु अगि हिड्ने
कस्तो होला है मान्छेको जात………………………… ?

सजाउँछ मखुण्डो मुष्कानले,
सार्दै अघी मित्रताको हात,
भर्दछ हृदय प्रतिशोधको रापले
भन्द्दै कहिले तेरो मृत्युको रात………..?
कस्तो होला है मान्छेको जात………………….. ?

सपनाहरु

रातो अनुहार्.........
रातै कान्.........
अनि,
रसिला आँखा पारेर
जिब्रो पड्काँउदै....
उनले भनिन्
"वाह्!!! क्या मीठो!!"
एक कचौरा सपनाका
अनी
अर्को कचौरा कल्पनाका
सुकुटिहरु भुटेर
रसिला..  अनि नुनिला...
आँशुका तप्कनिहरुमा
मुछेर  टोक्दै फेरी भनिन्
"वाह!!! क्या मीठो!!"

मलाई धेर नजिस्काऊ
मलाई धेर नदुखाऊ,
हैन भने,
म पनि....
'राज भाई' झैं
सपना र कल्पनाहरु
मेरै भित्रास सङ्ग
परपरी भुटेर
ज्यानमारा सङ्ग साँदेर
तिम्रै अगाडि, तिम्रै सामुन्ने
कुरुम-कुरुम..... चपाइदिन्छु ।

मैले जस्तै उनले पनि
सपनाका बगैंचाहरु सजाएकी थिन ।
कती फुले, कती फले,
त्यसको लेखा जोखै भएन ।
तर एउटा भने
कस्तो हो कुन्नी
सुम्सुम्याउंदा-सुम्सुम्याउंदा
भुतुक्क थाकेर बस्छिन्,
जब छोरीले 'हरियो' के हो ?
अझै बुझ्दिनन ।
अनि
कचौराको सुकुटी टोक्दै
फेरी भन्छिन्
"वाह्!!! क्या मीठो!!"

मेरो जन्म ठाँऊ र बालापन

जामपानीको घामपानी
अनि
आंङ्ग्रा माथिको चौतारीमा,
गाँसिएको हाम्रो दौँतरी ,
दिदी-बहिनी डाँडाभन्दा उच्च
भोर्लाको पानी भन्दा शुद्ध
साथै नभएर के भो त ?
स्कूले मैदान हाम्रो एउटाै हो त ।

हरर.... तिमी हस्तिनापुरबाट
म नाङ्गो नाङ्लेको शिरबाट
गोलो नाङ्गलोको बिटसङ्गै
रमाँऊथियौं हामी सधैं सधैं ।
जेठी मधु र बर्राको दानाहरु
झोला भरी हुन्थे हाम्रा खानाहरु ।
कस्तो भो कुन्नी आज त्यो गाऊँ ?
यस्तै थियो मेरो बालापन र जन्म ठाऊँ ।

ठ्याक्कै

ठ्याक्कै  !!! ..........
कुरो के हो ?
मैले बुझ्न सकिन ?
ऊ,
न त झरेर मर्यो ?
या त मरेर झर्यो ?
तर,
मर्न चैं मरेकै हुनुपर्छ !
झर्न पनि झरेकै हुनुपर्छ !
किन भने,
हिँजोको तोते बोली
आज उसले बुझ्न छोड्यो !
पहाड कन्दराका भाका
उसलाई आज रुच्न छोड्यो !

ठाक्कै !!!...........
कुरो के हो ?
मैले बुझ्न सकिन !
ऊ,
न त लडेर मर्यो ?
या त मरेर लड्यो ?
तर,
लड्न चैं लडेकै हुनु पर्छ !
मर्न पनि मरेकै हुनु पर्छ !
किन भने,
हिँजोको भाकामा
उसले आज सास फेर्दैन!
भाषालाई हिँजोको दृष्टिले  आज हेर्दैन ।

ठ्याक्कै !!! ........
कुरो के हो ?
मैले बुझ्न सकिन ।

नयाँ नागरिक

परावैजनी रेशमिहरु सङ्गै
चुम्बकीय तरङ्गहरु
ध्रुबिय केन्द्रबाट
गोलार्ध कोर्दै
क्वान्टमका भल्का-भल्का हुँदै
बीकेन्दृकरण भएका
जिवनका बीज बोकेर
मेरा मायाका कणहरु
कती तिर पो पुगुन ?
लौ भन त !!!

यो अन्तरिक्ष त
अथाह छ, अनन्त छ,
कती प्रकाश वर्ष हो ?
कस्लाई पो थाहा छ र !!!
तै पनि,
यो एक कण सापटी
परापुर्वकालको धितो सम्झी ।

सौर्य ज्वाला भन्दा उष्ण
तापमान बोकेकी तिमी
सापटी त्यो सुक्रकिट
डिम्बाशायमा समायोजन गरी
मातृत्व र ममताले सिन्चन गरी
यस भुमण्डलमा बुमर्यङ्ग जस्तै
झट्टयायौ त्यो कोसेली
यो फिरङ्गी मुलुकको नयाँ नागरिक ।
हो,
यत्रो सारा सौर्य मण्डलमा
उदायो एक ध्रुबतारा
केवल तिम्रो अनि मेरो निशानामा ।

भ्रम

बिस्तारै उठेर
लर्याङ्ग-लुरुङ्ग गर्दै
वरी-परी दृष्टि छर्यो
वस्तु एक उसको नजर पर्‍यो ।
यताबाट ढल्की हेर्यो
माया जस्तो देख्यो,
उता पटी कोल्टी हेर्यो
छाँया जस्तो पो देख्यो ।

सुन्दरता सजिएको
कलात्मक शिल्पहरुले भरिएको
उठेर हेर्दा सुरिलो देख्यो
बसेर हेर्दा धारिलो पो देख्यो ।
लुरू-लुरू गर्दै टिपी ल्यायो
देखी त्यो अति सुन्दर ।

झस्कियो ,
अहो !!!
यो त भ्रम पो रहेछ ।
वस्तु एकको दृष्टि अनेक ।
अघिको सुन्दरता
ल्याँउदा-ल्याँउदै बाटैमा हराएछ ।
कती कुरुप,
कती फरक देखिएको अहिले ।
सम्झियो,
ऊ त छोराको बाबा हो,
ऊ त स्वास्निको पती हो,
ऊ त बाबुको छोरा हो ।
अहो !!!
ऊ एक त अनेक पो रहेछ ।
वस्तु एकमा दृस्टी अनेक पो रहेछ ।
कस्तो भ्रम,
अनी कस्तो भ्रान्ति !!!

अस्थिपन्जर

त्यसले पनि छर्‍याप्प टेक्यो,
उसले पनि अस्थिपन्जरहरु
झर्‍याप्प ढुटिएको देख्यो,
अनी फेरी छर्‍याप्प टेक्यो ।
क्रम चलिरहयो....
अनि  चलिरहयो... !

हिँड्दै जाँदा..
चल्दै जाँदा..
गल्ली भरि..
बाटा भरि..
अनि
बलेंसिभरि..
प्रतेक पाईलाहरुले
बीचराहरुको चित्कारमा
उनिहरुको पसिनाको मसिले
अस्थिपन्जरहरु छाप्दै गयो
छाप्दै गयो............
क्रम चलिरहयो......
अनि चलिरहयो.....
बलत्कृत कुमारित्वहरु सङ्गै
धुज-धुजा सपनीहरु सङ्गै
उसको जिन्दगी पनि च्यात्ती रहयो ।

म कठपुतली होईन

हे ! बरिष्ठ  मानिनेहरु
अनी उत्कृष्ट गनिनेहरु !!


डोरी तान्दा उचालिने हात,
ठुलो बोली गर्दा खुँम्चिने आँत,
पक्कै म कठपुतली होईन
तैँले हाँस भन्दा हाँस्ने
तैँले नाँच भन्दा नाँच्ने ।


हुँङ्ग्कार डुक्रिएर मात्र हुँदैन
व्यवहारिक बन्न सिक्नु पर्छ ।
गोली झैं उडेका बोलिहरु
निशानामा टिक्नु पर्छ ।

भाषा र साहित्य
बरिष्ठले मात्र बोल्दैन
निमुखाले नि तेसको
अन्तरङ्गहरु खोल्छन ।
जिन्दगीको सुर र तालमा
रस र अलङ्कारको धुन बोल्छ ।
याद गरेस !!! ,
जो अघी छ त्यो पछी हुन्छ
अनि
जो पछी छ ऊ अघी हुनेछ ।

चनमती

सानी कान्छी पातली ।
सँधै गर्छे धाँधली । ।

खोई पापा भनेर ।
सारै रुन्छे कनेर । ।

रुँदै बस्छे रिसाई ।
खुसी पार्छु जिस्काई । ।

उफ्री पाफ्री नाँचेर ।
हाँस्छे माँया गाँसेर । ।

घाम प्यारो पुषको ।

बोली मीठो उसको । ।

चनमती  सधैं गाउँछे ।
न्यानो माया लाउँछे । ।

मेरो पन्चाङ्गमा

हो..........
तिमी पत्याउँदिनौ होलि,
मैले साँच्चै भनेको हुँ,
तिमीले मलाई
काले भने पनि
गोरे भने पनि,
म 'म' नै हुँ,
किन भने,
 मेरो पन्चाङ्गमा
कुनै जातिय दिवस छैन ।

मेरो छातिलाई मेरै नङ्ग्राले
च.. र.. र.. र....  चिरेर
फोक्सो, कलेजो अनि मुटुलाई
चिथोर - चाथर.....  पारेर
ताता अनि राता,
हो......  तिम्रै जस्ता राता
रगतका छिर्काहरु सङ्गै
निर्धक्क भन्न सक्छु
म 'म' नै हुँ,
किन भने,
मेरो पन्चाङ्गमा
कुनै जातिय दिवस छैन ।

सामजिक  उल्झनमा टेवा लागेको
मेरो नियती खोटो होईन
यो बेमेल समाजनै खोटो छ,
तेसैले त म,  केवल 'म' हुँ,
किन भने,
 मेरो पन्चाङ्गमा
कुनै जातिय दिवस छैन ।

नेपाली

कसैले झोसी दिंदा सल्कि हाल्ने,
कसैले हल्लाई दिंदा छल्की हाल्ने,
कसैले  ठोकी दिंदा बजी हाल्ने,
के खैँजडी हौं हामी नेपाली ? ?

एकले अर्को सङ्ग् भेट्नै नहुने,
एकले अर्कोलाई  देख्नै नहुने,
कसैले  कुरा लाई दिँदा बाझी हाल्ने,
कसैले चुरा लाई दिँदा नाची हाल्ने,
के खैँजडी हौं हामी नेपाली ? ?

सत्य तथ्य बुज्नु पर्दैन
भाषा साहित्य रुझ्नु पर्दैन
कसैले उचाल्दा उचालिने
कसैले पछार्दा पछरिने
के खैँजडी हो हामी नेपाली ? ?

जसले सजाए पनि हुने
जसले बजाए पनि हुने!!!
के खैंजडी हौं हामी नेपाली ? ? ?

अधिक पढिएको