संस्मरण-१ (The Daifam)





कुरो सन १९८४-८५ तिरको हुनुपर्छ सानै भएको कारण तिथि-मिती तेती यकिन भएन त्यसताका दैफाममा एक मात्र सरकारी बिधालय थियो, दैफाम प्राईमेरी स्कूल (प्रार्थमिक बिधालय), जो हरेक दैफामबासिहरुका लागी मुटुको एक अङ्ग बनेर खिल जस्तै गाडिएको हिँजो आज पनि दैफाम बजार सदरमुकाम् (डिभिजन्) थियो भने तेस्का पेरिसरमा रहेका गाऊँहरु हस्तीनापुर् (जसलाई तालाबस्ती पनि भनिन्छ) , नाङ्ग्ले, तल्लो जाम्पानी, माथ्लो जाम्पानी, गोलन्टि,बज्राङ्गे, बेतहोलि,मालबाँसे, खौरुङ्, माज्भाट, दल्दले , बकासेहरु थिए दैसाम पनि दैफाम मै गनिन्थियो तर दुरिमा भने निक्कै टाडा थियो दक्षिण भाग भारतको आसाम् (अख्खम्) सङ्ग जोडिएको थियो भने उत्तरी भागमा सुन्दर पाहाडका हरियालीले सजिएको थियो उत्तरी पश्चिम भागमा दिदी-बहिनी डाँडा एकदम अटल भएर न्यानो दैफामलाई सितल छाहारी प्रदान गर्दछ   दिदि-बहिनी डाँडासङ्ग जोडिएका बिभिन्न किम्बदन्तीहरु हरेक दैफामबासिहरुका मुखबाट दन्त्य कथाका रुपमा एक पुस्ता देखी अर्को पुस्तामा हस्तानन्तरण गरिन्थ्यो पुर्बी भागमा धन्सिरी नदी भारतको अरुणाचल प्रदेस भुटानको दैफामलाई छुट्ट्याउने सिमानाको काम गर्दछ तेती मात्र नभएर धन्सिरी नदी दैफामबासीहरुका लागी एक बिशेष श्रोतका रुपमा लिईन्थियो बिशेष गरी जाम्पानी बजारबासीहरुले यस धन्सिरी नदिलाई नजिकैबाट नियाल्ने मौका अनि यसबाट प्रशस्त मात्रमा फाइदा लिन पाएको हुनुपर्छ भन्ने मेरो बिचार आफु थोरै समय माथिल्लो जाम्पानीमा बसेतापनी धन्सिरी नदिलाई स्कूल गएको बेला मात्र नजिकै बाट देख्न पाईन्थियो माथीबाट जाम्पानी नदी धन्सिरी नदी बगेर एकै ठाउँ मिसिन्थे एक भएर बग्थ्यो हामी चै जाम्पानी नदी पनि भन्ने गर्थ्यौँ भने भारतमा चै यसलाई धन्सिरी नदी नै भनेर चिन्ने गर्छन

 जती नै लामो बर्णन या ब्याख्या गरेपनी आफ्नो बालापनसङ जोडिएको मेरो प्यारो दैफाम मलाई हमेसा सुन्दर लाग्थ्यो अनि लाग्छ तेसताका, स्कूल धाउँनु बडो आपतको कुरो थियो कम्तिको पनि एक घन्टा देखी लिएर दुई-अडाई घन्टा, एकभारिको झोला पिठ्युँमा बोकेर पैदल धाउँनु पर्दथियो हामीगाऊँबाट धाऊँने विद्यार्थी प्राय पुराना सोचका नै थियौं, तरै पनि तेस जमानामा पनि दैफाम निकै बिकसित फेसनमा निकै अगाडी रहेको जस्तो मलाई लाग्छ, यसमा मेरा समकालिन मित्रहरुको कस्तो मत मलाई तेती ज्ञान भएन गो-गो पैन्ट बेलिबटन पैन्ट तेती खेरका बडो चल्तिका लुगा थिए अनिल कपूरको जस्तो बाल ठाडो पारी पछाडी फर्काउने अनि खल्तिमा हात हालेर बडो सानसङ्ग हिड्ने चल्तीको स्टाइल थियो एक दिन मैले पनि तेसै गर्ने भएको, खुट्टाको बुडी औँठा पैन्टमा अल्झेर एस्तो नराम्रो सङ्ग लडेको छु, अझै पनि याद आउँछ अनुहार पिल्सेर रक्ताम्मे भएको
शिलाङ्ग्, गुहाटी तेजपुर जस्ता शाहरबाट प्रभावित भएर होला, डिस्को(disco), ब्रेक्डान्स(break dance) जस्ता अत्याधुनिक नृत्यमा राम्रो दख्खल राख्दथे दैफाम बजारका अगुवा दाईहरु यती सम्मकि, आफ्नो नृत्य प्रदर्शनका लागी बिभिन्न शहरबाट आमन्त्रण आउँद थियो गन्स& रोजेस् (Guns & Roses), व्हिम्स् (Whims), दुरन दुरन(Duran Duran) जस्ता ब्याण्डहरुका फ्यानहरु थिए मुख्यतय हिन्दी चलचित्रबाट नयाँ नयाँ हाउभाउ सिकिन्थ्यो यस्ले युवा पिँडिका जनजिवनलाई तेतिकै प्रभाबित पारेको थियो खेल क्षेत्रमा पनि दैफाम निकै अगाडी थियो भिम रोका जस्तो असल फुटबल खेलाडी दैफामले पाएको थियो
नाङ्ग्लो वा चाल्नोको बिट निकालेर तारको एउटा ह्याण्डल (handle) बनाई तेस्लाई गुडाउँदै जाँदा, दुई घन्टाको बाटो, कोही बेला आधा घन्टामै पार गरिन्थ्यो तर यदी तेसो गरिएन भने कोही बेला बाटैमा खेल्न थालिन्थ्यो अनि कती खेर डिम्पेन पक्वालको सिर्कना खानु पर्थ्यो थाहा नै हुँदैन थियो मैले मात्रै होईन, प्राय सबै जसो मित्रहरुले डिम्पेन पक्वालको सिर्कना चाख्ने मौका पाएका छन किन कुट्नु परेको बाटोमा हिँडी राखेका अथबा खेली राखेका केटा-केटिहरुलाई, मलाई अचम्म लाग्थ्यो, तर त्यो भन्दा धेरै चै डर नै लाग्थ्यो लामो बाटो, जङलको बाटो, एक्लई-दोक्लई हिँदन डर हुन्थ्यो तेसैले गठ्ठा बाँधिएर हिँड्नु पर्ने फेरी के हो कोनि, एक्लाई हिँड्यो भने टाऊको काट्छ भन्थे
महन्त कान्छा, एक बिशाल शरिर भएका सारै चरको स्वरमा बोल्ने स्वभावका ब्यक्ती तेस जमानामा सारै धनी मानिस थिए उन्लाई कतिले कान्छा महाजन पनि भन्द थिए उतिखेर हात्ती पालेका, गाडिहरु भने  खोइ कती हो गन्ती थाहा भएन, ट्रक भएका, गुवा बगान्, जीप गाडि, माछा पोखरी धानमिल(Rice Mill) उनका केहि देखिने सम्पतीहरु थिए भने अरु हामी फुच्चा-फुच्चिहरुले नजानेको कती थियो कोनी स्कूलमा ब्रेक (break) वा छुट्टी हुने बितिक्कै हामी उनको गुवा बगानमा ढुङ्गा हान्न पुगी हल्थियौं

 खोई काँहाबाट कान्छा महाजनकाँ कुरो पुग्यो थाहा भएन (सायद बुवाले कुरा गर्दिनु भयो), तर उनिबा, “ यि केटाहरुलाई स्कूल धाउँन टाडा भयो, एतै मेरो मिलको छेउको घरमा बसुन्, राती एसो मिलको देख्-भाल पनि गर्छन भनेर आदेश आयो सारै खुशी लागेको थियो, बजारमा बस्न पाउनु भनेको निकै शानको कुरो हुन्थ्यो उबेलामा, त्यस माथी स्कूल धाँउन दुई घन्ट हिँड्नु नपर्ने भयो

 दुई चार वटा फेर्-फारे लुगा अनि थोत्रा ओड्ने-ओछ्यौंने, एक-दुइ वोटा पकाउंने भाँडा थाल लिएर त्यो सानो कालो काठको घरमा बस्नलाई पुगेको थिए सङ्ग अरु दुईजना साथीहरु थिए एक जना सुक बहादुर राई हुन्, मलाई रमरी याद भने अरु एकजना चै को थिए मलाई याद भएन साथी सुक बहादुर मलाई निक्कै अचम्मको अनि रोचक पनि लाग्दथियो तेती खेर स्कूलबाट अनि घरबाट पनि लुकी-छिपी हामी खैनी खान्थ्यौं उदेक लाग्दो कुरो, सुक बहादुरले जिब्रो माथी खैनी राखेर खान सक्थे बोल्न पनि सक्थे उनि भन्दा निकै चतुरो पनि थिए उनैको निर्देशनमा हामी बेलुकी भएपछी मिलमा पस्थ्यौं, तेहीबाट चामल लिन्थ्यौं अनि तेसैलाई केलाएर पकाई खान्थ्यौं मिल जती खेर पनि खुल्लई हुन्थ्यो, राती तेही मिलमा पसेर ओछ्यान लगाउँथ्यौ सित्तैमा बिजुली बत्ती बाल्न पाईन्थ्यो, एकाध घन्ट पडेपछी राती भरी तास खेलेर बित्थ्यो सारै आनन्दका दिनहरु थिए तर यो क्रम कती दिन जारी रहयो थाहा भएन हरेक शनिबारका दिन हाफ्-छुट्टी हुन्थ्यो अनि आईतबारको दिन पुरै छुट्टी शनिबार सिधै घर जानु पर्थ्यो रासन-पानीको बन्दो-बस्त गर्नु पर्थ्यो हप्तामा एक चोटी मात्र घर जाँदा निकै शान बडेको महसुस हुन्थ्यो वरीपरी छर-छिमेकिले पनि पर्देसी आएछ भन्दिन्थे, खुशीले नाक फुलिएर सानो हुँदैन थियो यदी कुनै शनिबार घर गैएन भने, त्यो मिल देखी माठीको डाँडामा जाँन्थ्यौं त्यो ठाँऊ बडो रोमान्चक लाग्थ्यो त्यहाँ आईबी थियो राज परिवर अन्य कुनै ठुला सर्कारी कर्मचारीहरु आँउदा त्यो गेस्ट हाउसमा बस्दथे तेसैलाई आईबी भनिन्थ्यो बडो राम्रो, सफा फुलबारिले भरिपुर्ण थियो   त्यतै तिर अल्लारिएर बिताँउथियौ छुट्टी कही कतैबाट एक-दुई रुपैयाँ लुकाएर राख्न सकियो भने फोटो खिच्ने खुब रहर हुन्थ्यो तर क्यामारा नै नहुने

 आज सन २०१६ को अगस्तमा पुराना सम्झानाहरुलाई बिउँझाउदै मेरा मित्र सुक बहादुर राई कोङ्कर्डबाट सिन्सिन्नाटी आउँनु भएछ, भेट गर्न गएँ फरेस्ट पार्कमा सपरिवार यि हाम्रा बाल्यकालका कुराहरु सङ्गै आफ्नो मातृभुमी अनि जन्मथलोको सम्झानाहरुलाई आलो पार्दै गएँ तर साथीको ब्यस्तताको कारणले गर्दा खासै लामो कुराकानी गर्न पाईएन, तै पनि छोट्कारीमा ति दिनहरुको पनि चारचा गर्न भ्यायौँ

No comments:

Post a Comment

अधिक पढिएको