त्यो क्षण !!

हे कान्छा...... !
त्यो क्षण अझै सम्झना छ,
मन नपराएझैं गरेर,
"ए काली ! ए नखर्माउली !", भन्थ्यौ ।
तर,
आँखाका कुना कुनाबाट,
मेरा अवयवहरु चिहाई रहन्थ्यौ ।
म,
देखेर पनि नदेखेझैं गरी,
तिम्रा बलत्कारी नयनका हेराईमा,
आफु बलत्कृत भएको आनन्द लिईरहन्थें ।

थाहा छ तिमीलाई.....??
उष्ण-उष्ण समतल म उम्लिरहें,
छङ-छङे खहरे तिमी उर्ली रहयौ ।
नजरै-नजरमा अनि मुस्कानै-मुस्कानमा
म तिम्री अनि तिमी मेरो हुन्थ्यौ ।
म तिम्री कोहिनूर अनि तिमी मेरो शाह जाँ' हुन्थ्यौं ।

मबाटै बिस्थापित मेरा आकाङ्क्षाहरु,
तिम्रै आँखाका प्रस्तावनामा तिर्खाई रहे,
आज सर्वस्व गुमाएर पनि,
        सर्वाङ्ग लुटाएर पनि,
किन हो किन, पल तिनै मीठा भए  ।
हे कान्छा...... !
त्यो क्षण अझै सम्झना छ ।

No comments:

Post a Comment

अधिक पढिएको