माटो


त्यो प्यारो देशमा अनी
त्यो पुर्खेउली भेषमा,
त्यही गाँऊमा अनी
त्यही ठाँऊमा,
सानु !
तिम्रो र मेरो माया बस्याथ्यो ।
माटोको सुगन्ध हामी दुवैमा पस्याथ्यो ।

पहाड- कन्दराहरुको स्वछन्दताको,
शितल सरिता उमङ्गको,
माटो मीठो आफ्नै सुगन्धको,
पतङ्ग-पतङ्ग मुनी उभिएर,
गाएथियौं राष्ट्रीय गान सुरिएर ।
त्यसैमा हैन त सानु !
तिम्रो र मेरो माया बसेको ?
माटोको सुगन्ध हामी दुवैमा पसेको ?
भाका फेरी फेरी गाएका गीत्,
पाखा भरी छरिएका हाम्रा प्रीत्,
सिँउदो भरी माटोको सिन्दुर सङ्गै पहिरिएर,
आकाश भरी देशको झण्डा सङ्गै फैलिएर,
सानु,
तिम्रो र मेरो माया बस्याथ्यो,
माटोको सुगन्ध हामी दुवैमा पस्याथ्यो ।


हे कलाकारहरु हो !!

हे खुल्ला रङ्गमञ्चका जिवित कलाकारहरु हो !!
यदि,
कथा/पट्कथामा नसजाएको भए,
छोडीदेउ अब अभिनय गर्न ।
भर्जिन आक्षेपहरुको नौटङ्की एकाङ्कीहरुमा
मुखुडा फुकाल्दै-लगाउँदै गर्न
गाह्रो भो यहाँ पटक पटक मर्न,
र घाईते हृदय विश्वासमा उभ्याउँन ।

हर चन्द्रमा रोएको रात अनि
काकाकुल उर्लेर कुर्लेको साँझ,
जिउँदै बिझाउँछ यहाँ भयावह बात
र शब्द-शब्दमा पोल्दछ आँत,
जब यहाँ समय-समयमा चल्दछ
आत्मा जोखिने बेफजुल बात ।

हे खुल्ला रङ्गमञ्चका जिवित कलाकारहरु हो !!
यदी सक्छौ भने तिमी,
उहँको चरित्र उतारेर देखाउ
गिर्दै गरेको पत्थरलाई उचालेर देखाउ ।
होइन भने,
ब्यर्थ मञ्चिएर रङ्गमञ्चमा
बेअर्थका सम्बादहरु नलेखाउ ।
सक्छौ भने,
हराएका/बिलाएकालाई खोजेर देखाउ,
होइन भने,
नाप-तौलका असभ्य खेल छोडिदेउ ।
असत्य बन्दै नबोलिदेउ ।

शोक !!

हे प्रि !! 
आऊ आज, 
यो सुन्सान साँझमा, 
यो सन्नाटामा, 
यो एकान्तमा, 
तिमी   
एक्दम सन्तप्त भएर, 
विक्षिप्त भएर, 
वेदनाका प्रलय बगाएर, 
हिक्का-हिक्कामा बिलौना गाएर 
हामी शोक मनाऊँ  
तिमी वर्मा भूटान सम्झेर रोईदेउ, 
डिग्बोई आसाम सम्झेर रोईदिन्छु  
तिमी धने न्यासुर सम्झेर रोईदेउ, 
जयमाया मेरी आमा सम्झेर रोईदिन्छु  
तिमी नेपाली भूटानीक  ोधारमा उभिएर रोईदेउ, 
भूटान, नेपाल अमेरिकाको त्रीकोण भित्र पसेर रोईदिन्छु  
तिमी पनि रोउ, पनि खुब रुन्छु, 
हाम्रो लट्पटिँदै गएको जिब्रोको समाधी छेउ, 
लम्पसार परेर रोईदेउ 
हाम्रा विस्थापित सपनाहरुको यादमा, 
छाती कुटी कुटी रोईदिन्छु  
आऊ प्रि !! 
हामी शोक मनाउँ  
तिमी देशको लागी रोईदेऊ, 
भेषको लागी रोईदिन्छु  
तिम्रो लागी शोक मनाउँछु, 
तिमी मेरो लागी शोक मनाऊ  

अधिक पढिएको