माटो


त्यो प्यारो देशमा अनी
त्यो पुर्खेउली भेषमा,
त्यही गाँऊमा अनी
त्यही ठाँऊमा,
सानु !
तिम्रो र मेरो माया बस्याथ्यो ।
माटोको सुगन्ध हामी दुवैमा पस्याथ्यो ।

पहाड- कन्दराहरुको स्वछन्दताको,
शितल सरिता उमङ्गको,
माटो मीठो आफ्नै सुगन्धको,
पतङ्ग-पतङ्ग मुनी उभिएर,
गाएथियौं राष्ट्रीय गान सुरिएर ।
त्यसैमा हैन त सानु !
तिम्रो र मेरो माया बसेको ?
माटोको सुगन्ध हामी दुवैमा पसेको ?
भाका फेरी फेरी गाएका गीत्,
पाखा भरी छरिएका हाम्रा प्रीत्,
सिँउदो भरी माटोको सिन्दुर सङ्गै पहिरिएर,
आकाश भरी देशको झण्डा सङ्गै फैलिएर,
सानु,
तिम्रो र मेरो माया बस्याथ्यो,
माटोको सुगन्ध हामी दुवैमा पस्याथ्यो ।


No comments:

Post a Comment

अधिक पढिएको