अझै म उठ्छु

                                              -(Maya Angeleo)
                                                 from English
तिमीले मलाई ईतिहासमा होच्याएर लेख्न सक्छौ
ती तिम्रा तिता, मोडिएका झुठहरुले
तिमीले मलाई माटोमा दबाउँन सक्छौ
तर अझै पनि, धुलोझैं, म उठ्नेछु ।

के तिमीलाई मेरो सुन्दरताले दुखी तुल्याउँछ ?
किन तिमी सधैं उदास भएर बस्छौ ?
'किनभने तेलको खानी भएझैं हिँड्छु भनेर
मेरै बैठक कोठामा तानेझैं गरी ?'

चन्द्रमाहरु जस्तै र सुर्यहरु जस्तै
छालहरुको निश्चित्ता सङ्गैं
आशाहरु उच्च आँकुराएझैं
अझै पनि म उठ्नेछु ।

के तिमी म टुटेको देख्न चहान्थ्यौ ?
झुकेको शिर र निहुरिएका आँखाहरु ?
आँसुका थोपाहरुझैं बग्दै गरेका कुमहरु ।
मेरा आत्मा-रोदनहरुले कम्जोर बनेका छन ।

के मेरो दृढताले तिमीलाई आघात पुर्याउँछ ?
त्यसलाई अत्यन्त कठोर नलेउ
किनकि, सुनको खानी पाएझैँ हाँस्छु
मेरै करेसाबारिमा खनिएझैं गरी ।

प्रहार गर्न सक्छौ मलाई तिम्रा शब्दहरुले
काट्न सक्छौ मलाई तिम्रा ति नजरहरुले
मार्न सक्छौ मलाई तिम्रा घृणाहरुले
तर अझै पनि, तुफानझैं, म उठ्नेछु ।

की पिरोल्छ तिमीलाई  मेरो कामुकता ले ?
कि आश्चार्य बनेर आउँछ यो
की नाँच्दछु म हिरा पाएझैं
मेरै तिग्राहरुको सँगममा ?

ईतिहासका लज्जास्पद झुपडिबाट बाहिर्
म उठ्छु
अतितमा जरा गाडिएका दुखहरुबाट माथि
म ओठ्छु
म कालो समुन्द्र हुँ, लम्कने र चौडा
गहिरिने र छचल्किने छालहरु म सहन्छु
पछाडी छोड्दै आतङ्क र भयका रातहरु
म उठ्छु
अत्यन्त सफा दिनको आगमनमा
म उठ्छु
मेरा पुर्खाहरुले दिएका उपहारहरु ल्याउँदै
म हुँ सपना र आसा ति कमाराहरुको
म उठ्छु
म उठ्छु
म उठ्छु ।

                                      (अनुवाद: प्रतिमान सिवा)

यदि


यदि,
म राजा पुनियानी हुनु हो भने,
मेरा सारा 'एकदिने' कविताहरु
झुल्के घामको किरण सङ्गै टाँसेर
ईण्द्रेणिको पुछरमा गाँसेर
चङ्गा जस्तै आकाश भरी उडाई दिन्थें ।
यदि,
म मनु मन्जिल हुनु हो भने
मेरा सारा दुस्मनी कविताहरु
फुलका थुँगाहरु जस्तै फुलाएर्
मेरा प्रतेक दुस्मनहरुको,
आँगन भरी वसन्त फुलाईइदिन्थें ।
यदि,
म माया अन्जेलेउ हुनु हो भने
मेरा सारा नारिवादी कविताहरु,
हौसलाका गुच्छाहरु बुनेर
मेरा हृदयका सविताहरुलाई
अन्जुली भरी भरी पस्किदिन्थें ।
तर बिडम्बना,
म प्रतिमान
मेरा कविताहरु
न त चङ्गा जस्तै उड्छन्
न त सुनाखरी जस्तै फुल्छन् ।

जयमाया


मुट्ठी भरि माटोको सुगन्ध,
अनि,
हृदय भरी देशप्रेमको छहरा बोकी,
स्वतन्त्र आकाशको पतङ्ग खोज्दै,
विश्व-भुगोलभरी नचिनिएकी जयमाया,
कहाँको माटोमा मेरो मातृभुमी रमाउँछ भन्दै
बर्मादेखी लिखापानी हुँदै,
गोर्खादेखी सिब्सू-साम्ची र चिराङ्ग हुँदै,
ब्रम्ह्पुत्रको किनारदेखी फाक्-फोकसम्म हुँदै,
बेल्डाँगिदेखी कोलम्बससम्म आईपुगेकी जयमाया,
ईन्द्र बहादुर राई, कृष्ण धराबासी र निशा लीला
लाई सोध्छिन्,
"मलाई अझै कती हिँडाउछौ ?"
"मलाई अझै कती दुख दिन्छौ ?"

यात्राको क्रममा तीनले देखिन्,
धनेको हालत तेस्तै छ,
न्यासुर कान्छाको पनि उस्तै छ ।
अन्तरमनमा कस्तो थियो कुन्नी ?
बरु रिकुटेहरु रमाएको भेटिन ।
'बिसे-नगर्ची सङ्ग
अलिकती अर्ती पैंचो मागौं भन्दा-भन्दै
त्यो एक मुट्ठी माटो कहाँ रखौं हुँदा-हुँदै,
अर्को बज्र आईपर्‍यो,
भाषा नै बिलाउला जस्तै भयो ।
युगौं देखिको
माटोको कथा, वेदनाका व्यथा
कसरी बिसाउँ मेरी नव-पुस्ताकी जयमायालाई ?
गन्तव्यको  खोजिमा
हिँडाईएकी/हिँडेकी जयमाया
अब कोलम्बस देखी कहाँ जानु पर्ने हो,
पुकारिन जयमायाले- "  हे प्रभु! म किन नेपाली हुँ ? ?"

पात्रको बिद्रोह


तपाईं,
जे भन्नु हुन्छ भन्नुहोस्,
जे गर्नु हुन्छ गर्नुहोस्,
तर अब उप्रान्त,
म तपाईको लेखकीमा,
  तपाईंको कल्पनमा,
अनी तपाईंले बुनेका सपनाहरुमा,
बन्दी भएर कठपुतली झैं ,
लुरु लुरु,
जता डोर्यायो उतै हिँड्ने छुँईन ।

म पात्र सहि,
तपाईंको सृजना सहि,
तर मैले तपाईको लेखकीबाट,
तपाईको दरिद्र मनस्थितिबाट
छुट्कारा पाउँनु पर्छ ।
अन्य बाटो रोज्न पाउँनु पर्छ ।
बैकल्पिक छटा सजाउन पाउँनु पर्छ ।

तपाईलाई थाहा छ ? ?
जिवन सधैं भरि,
न्यासुर र आईतेको जस्तो,
दुखै-दुखले भरिएको मात्र हुँदैन ।
सुखका दिनहरु पनि आउँछन ।

तेसैले,
अब म,
फेरी कतै लेखिएँ भने,
फेरी कतै देखिएँ भने,
सम्पन्नताको पात्रमा लेखिन चहान्छु,
स्वतन्त्र भएर जिउँन चहान्छु ।
किन भने,
तपाईले मलाई,
कहिल्यै सम्पुर्ण लेख्न सक्नु हुन्न ।
कहिल्यै सक्नु हुन्न ।

यो मन

यो मन,
कहिले कही त नदुखाउँ भन्छु ।
तर,
बिनासित्ती दुखिई रहन्छ ।

कहिले तिमीलाई सम्झेर दुख्छ,
कहिले तिमीलाई भुलेर दुख्छ ।
कहिले दुख्दा दुख्दै झस्केर दुख्छ,
कहिले तिम्रो मुस्कानमा मस्केरै दुख्छ ।

कहिले फुङ्ग उडिजाने भुवा जस्तै,
कहिले सुकिजाने पानीको कुवा जस्तै,
कहिले कोमलतामा मुलायम भएर दुख्छ,
कहिले कठोरतामा बिभत्श भएर दुख्छ ।

यो मन,
कहिले कही त नदुखौँउ भन्छु,
तर,
बिनासित्ती तिम्रो मायामा
कहिले अल्झेर दुखिई रहन्छ,
कहिले बल्झेर दुखिई रहन्छ ।

कोमल,
अती कोमल यो मन
तिमीले छुँदा पनि दुख्छ,
तिमीले रुँदा पनि दुख्छ ।
कहिले कही त नदुखाँउ भन्छु,
तर,
बिनासित्ती तिम्रो प्यारमा अल्झी दुखिरहन्छ,
ममताको ज्वालामा सल्की दुखिरहन्छ।

अधिक पढिएको